संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म देउवा बैठकमा नजाने


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले संवैधानिक परिषद बैठकमा नजाने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको संवैधानिक परिषद बैठकमा आफु नजाने सभापति देउवाले बताएका हुन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको नेता नजाने बताएका छन्।
मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेशबारे विरोध तीव्र भएपछि बुधबार नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा फिर्ता लिने सहमति भएको थियो।

यो अध्यादेश फिर्ता लिन सत्तापक्ष साथै प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *