उपत्यकामा हट्ने भयो जोर-विजोर प्रणाली
भोलि शुक्रबारदेखि उपत्यकामा सार्वजनिक सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने जिल्ला प्रशासन कार्यालयलेजनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको भन्दै हटाउने निर्णय गरेको हो ।
जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक सवारी सडकमा गुड्न पाउनेछन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वासथ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ ।