अभियान लघुवित्त ३ लाखभन्दा बढी नाफामा

गत वर्षको पहिलो त्रैमाससम्म रू. ५६ लाख ७९ हजार खुद नोक्सानीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको पहिलो त्रैमाससम्म रू. ३ लाख १५ हजार खुद नाफा गरेको छ । यस वर्ष गैर परिचान आम्दानी रू. १ करोड ७५ लाखभन्दा बढी भएकाले सञ्चालन घाटामा रहेको कम्पनीले थोरै भएपनि खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष रू. ५६ लाख ७९ हजार सञ्चालन घाटामा रहेको कम्पनी यस वर्ष रू. १ करोड ७० लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । यो घाटा रकम गत वर्षभन्दा ३ प्रतिशत बढी भएको हो ।
सर्वसाधारणमा गत साउनमा आईपीओ वितरण गरेको यस कम्पनीको चुक्तापूँजी रू. २५ करोड रहेको छ । जगेडा कोष रकम भने गत वर्ष पहिलो त्रैमाससम्म रू. २४ लाख ८८ हजार रहेकोमा यस वर्ष रू. ३ करोड ४६ लाखभन्दा बढी पुगेको छ ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष ११ प्रतिशत बढी रू. १ अर्ब ६५ करोड कर्जा सापटी लिएको छ भने ६९ दशमलव ३५ प्रतिशत बढी रू. ३२ करोड १७ लाख निक्षेप संलकन गरेको छ । कर्जा प्रवाह भने गत वर्षभन्दा २३ दशमलव ७८ प्रतिशत बढी रू. २ अर्ब १३ करोड ४६ लाख भएको छ ।
गत वर्ष २ दशमलव ८८ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९१ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ८५ रहेको छ ।