फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको नाफा ६३. ८० प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा ६३. ८० प्रतिशतले घटेको छ । संस्थाले सार्वजनिक गरेको असोज मसान्तसम्म्को अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको हो ।
समिक्षा अवधिमा लघुवित्तले ३ करोड ३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
उक्त वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको नाफा घटेको हो । यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.२० प्रतिशतले घटेको छ भने अन्य सञ्चालन आम्दानी ३८.५५ प्रतिशतले घटेको छ।