चिनी मिलका सञ्चालकलाई पक्राउ नगर्न नेताहरुको फोन


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी मिलका सञ्चालकलाई पक्राउ नगर्न नेताहरुको फोन आएको बताएका छन् । उखुको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न उद्योग मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार गरेपछि यसरी फोन आएको मन्त्री भट्टले बताएका हुन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्वीटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्रन भन्ने यो कस्तो चरित्र हो? मन्त्री भट्टले प्रश्न गरे ।

कुन उद्योगी नपक्रन कुन नेताले फोन गरेको भन्ने चै उनले खुलाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *