नेकपामा खासखुस : खास सहमति के के मा भएको हो?
अध्यादेश र संसद् अधिवेशन बोलाउन माग गरिएको बाहेक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीच कुनै पनि सहमति नभएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
दुईजना अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्नेबाहेक कुनै सहमति नभएको सचिवालयको भनाई छ ।
यसअघि प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार ,“दुई अध्यक्षबीच सचिवालय हुँदै स्थायी कमिटीमा पुगेका प्रस्ताव फिर्ता गर्ने सहमति भएको छ ।”तर स्थायी कमिटीका सदस्यहरुले भने त्यस्तो सहमति नभएको बताएका छन् ।