७२.५८ प्रतिशतले घट्यो, कालिका लघुवित्तको नाफा


कालिका लघुवित्त वित्तीय संस्थाको नाफा ७२.५८ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफा ७२.५८ प्रतिशत घटेर १ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यससँगै लघुवित्तको खुद ब्याज आम्दानी पनि ६.८१ प्रतिशत घटेको छ । उक्त वित्तीय विवरण अनुसार अन्य सञ्चालन आम्दानी २९.७२ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ११.८६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.४८ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *