ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा २० प्रतिशत छुट


ग्लोबल आइएमई बैंकका ग्राहकहरुल अनलाइन सपिङ प्लेटफर्म दराजले सार्वजनिक गरेको ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहनेछ ।आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *