फेरि छलफलमा ओली-प्रचण्ड,महासचिव पौडेल पनि सहभागी


अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीसँग फेरि छलफलमा जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको दिउसो डाकिएको बैठकअघि दुई अध्यक्ष ओली र दाहालबीच भएको एक्ला एक्लै भेटवार्तामा सहमति नजुटेपछि ओलीबिनै बसेको बैठक अघि नबढेपछि फेरि छलफल सुरू भएको हो ।
छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी रहेको बताइएको छ ।यसअघि आजै विहान दाहाल निवास खुमलटार पुगेर स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई अध्यक्षबीच भेटवार्ता गरेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपा विवाद पछिल्लो समय विभिन्न नियुक्ति र पछिल्लो अध्यादेश प्रकरणपछि झनै चुलिएको छ ।

अध्यादेश जारी भएलगत्तै खुमलटारमा मंगलबार बसेको दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठकले तत्काल अध्यादेश खारेज नभए ओलीविरुद्ध कठोर कदम चाल्ने चेतावनीसमेत दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *