दुवै अध्यक्ष आफनो अडानबाट पछि फर्किने,अध्यादेश र प्रतिवेदन दुवै फिर्ता


राष्ट्रपतिद्वारा जारी अध्यादेश फेरि फिर्ता हुने भएको छ। स्थायी कमिटी बैठक अघि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा अध्यादेश फिर्ता गर्ने र संसद अधिवेशन आह्वान नगर्ने सहमति भएको प्रधानमन्त्रीका संचार विज्ञ रामशरण बजगाईले जानकारी दिए।

दुई अध्यक्षबीच सहमति भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली बैठकमा सहभागी भएका हुन्। बजगाईका अनुसार नेताहरुबीच गएको भदौ २६ गतेको निर्णयमा फर्किने सहमति भएको छ। साथै दुवै अध्यक्षले पार्टीमा पेश गरेका प्रतिवेदन पनि फिर्ता हुने सहमति भएको छ।

यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक जारी गरेको अध्यादेश फिर्ता गर्नुपर्ने अवस्था आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *