पिपुल्स इन्भेष्टमेन्टको हकप्रद शेयर विक्रीमा


पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले तीस प्रतिशत हकप्रद शेयर कात्तिक १५ गतेदेखि विक्री खुला गरेको छ । कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि दश शेयर बराबर नयाँ तीन शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो ।

प्रतिकित्ता रू. १०० अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद शेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । यो हकप्रद शेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

खरीदकर्ताहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्बर ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गरी आवेदन दिनुपर्ने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *