हलमा ‘महापुरुष’को सोलो रिलिज,दर्शकको बाक्लो उपस्थिति


शुक्रबारदेखि नयाँ फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको छ। नेपाली फिल्म हलहरुमा ‘महापुरुष’ बाहेक अन्य नयाँ फिल्म प्रदर्शनमा आएका छैनन्। तिहार तथा छठको बिदा समेत भएका कारणले पनि ‘महापुरुष’ले राम्रो दर्शक साथ पाएको छ। फिल्मका वितरकका अनुसार शुक्रबार बिहानदेखि नै हलमा दर्शकको बाक्लो उपस्थिति छ।‘महापुरुष’ नेपालसँगै अस्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ। एकल पुरुषको बुढ्यौलीमा बसेको प्रेमले व्यक्तिगत तथा पारिवारिक जीवनमा ल्याउन उतारचढावको कथा रहेको फिल्म प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको हो।

‘महापुरूष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरूण क्षेत्री, अन्जना बराइली, सिरु विष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, अर्जुन आचार्य, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, ज्ञानु जोशी, प्रेम पाण्डे, शम्यकसिंह बानियाँ लगायतको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *