अर्को महिना भारत भ्रमणमा आंउदै प्रधानमन्त्री जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्रीका रूपमा उनको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उनको कार्यालयले मङ्गलबार जनाएको छ। भ्रमणका क्रममा उनले आगामी वर्ष बेलायतको आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह ९जी–७० सम्मेलनका भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिनुहुने कार्यक्रम छ । भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिनेछ ।
अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० उन्नत अर्थतन्त्र हुन् ।
प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्याउनु रहने बताइएको छ । एजेन्सी