सरकार सर्वसत्तावाद र निरंकुशतातर्फ अगाडि बढेको छ : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जारी गरेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेशलाई कुत्सित मनसायबाट आएको बताएका छन् ।

समाजिक सञ्जालमा नेता पौडेललेलेखेका छन् “संवैधानिक परिषदको मूल मर्म विपरीत संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको प्रमाण हो,” पौडेलले भनेका छन्, ‘‘यस्तो कार्यको म घोर भ्रत्सर्ना गर्दछु ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *