यो अध्यादेश तुरुन्त खारेज गरियोस् : प्रचण्ड


संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएपछि सत्तारुढ दल भित्रको विवाद थप चर्कने सम्भावना देखिएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विना छलफल ल्याइएको अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् ।प्रचण्डले यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको बताए ।
प्रचण्डले पार्टीभित्र छलफल नै नगरी ल्याइएको अध्यादेश मान्य नहुने बताएका छन् । उनले सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *