अध्यादेश अधिनायकवादको सिढीं : शेखर कोइराला


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्बन्धि अध्यादेशलाई नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले अधिनायकवादको सिढीं बताएका छन्।

सभामुख अनुपस्थित भएको झोकमा प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत् आफूलाई स्थापित गर्न खोजेका छन्।
मन्त्रिपरिषदमा छलफलसमेत नगरी सिफारिस भएको अध्यादेशलाई राष्ट्रपति भण्डारीले हतारहतारमा जारी गरेकी हुन्।
सत्तारुढ दलकै नेताहरु र काँग्रेस पनि अध्यादेशको विपक्षमा उभिएका छन्।

कोइरालाले अध्यादेश बारे लेखेका छन् संविधानको मर्म र भावना विपरीत ल्याईएको संवैधानिक परिषद सम्बन्धि अध्यादेश तुरुन्तै खारेज गरियोस। यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिंढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *