एमाले-जसपा समीकरणको तयारी,२५ सिट जसपालाई दिने प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनको सिट बाँडफाँटबारे छलफल भएको छ।बालुवाटारमा जारी सत्ता-गठबन्धनको बैठक छाडेर विहिबार बेलुका बालकोट पुगेका यादव र ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बनाउने विषयमा छलफल भएको हो।
मधेश प्रदेशमा जसपा र एमालेले आधा-आधा सिट भागबन्डा गर्ने विषयमा छलफल भएको छ। छलफलमा ओलीले मधेशका ३२ सिटमध्ये १६ र अन्य प्रदेशमा ९ गरी २५ सिट जसपालाई दिने प्रस्ताव गरेको स्रोतले बताएको छ।