लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनक : बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मौका पाउनासाथ लोकतन्त्रको डुंगालाई सबैले प्वाल पार्ने प्रयास गरेको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि डा. भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक भएको बताएका हुन् ।

“राष्ट्रपतिले संसदबाट २/२ पटक पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीस महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्, सबै जिम्मेवार बनौं,” डा. भट्टराईले ट्विट गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गर्नैपर्ने थियो । तर, उनले प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *