श्रीमती ऐश्वर्यासँग फिल्म खेल्ने अभिषेकको इच्छा
अभिनेता अभिषेक बच्चनले आफ्नी श्रीमती तथा अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्म खेल्ने इच्छा जाहेर गरेका छन्।ऐश्वर्यासँग ८ वटा चलचित्रमा काम गरिसकेका अभिषेक यो संख्यालाई बढाउँदै नवौं चलचित्र पनि गर्न चाहन्छन् ।
हाल निर्देशक अनुराग कश्यपको ‘गुलाब जामुन’ मा काम गर्दै गरेका अभिषेक यसमा श्रीमती ऐश्वर्यालाई पनि सँगै चाहन्छन् ।
उनी भन्छन्, “उनीसँग काम गर्दा सधैँ खुसी लाग्छ । उनी मेरो मनपर्ने को–स्टार हुन् र हामी सँगै कामगर्दा मेरो तर्फबाट उत्कृष्ट दिन उनले सधैँ प्रेरित गरिरहेकी हुन्छिन् ।
हामीले सँगै केही उत्कृष्ट चलचित्रहरु गरेका छौं । मलाई विश्वास छ की हामी चाँडै फेरि सँगै कास्ट हुनेछौं ।