कोरोना भाइरसको नयाँ स्वरुप बेलायतमा देखियो


बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस भेटिएको दाबी गरेका छन्। ।उनले बेलायतको ६० भन्दा बढी स्थानीय तहमा कोभिड १९ भाइरसको ‘परिवर्तित रुप’ बाट संक्रमण फैलिएको पाइएको बताएका हुन्।
उनले यस विषयमा विश्व स्वास्थ्य संगठनलाई सूचना दिइएको र थप अध्ययन भइरहेको समेत बताएका छन्।

हाउस अफ कमन्समा उनले सांसदहरुलाई यस भाइरसको बारेमा सूचना दिएका हुन्। उनले लनडन, केन्ट, एस्सेक्स र हर्टफोर्डसायरमा भाइरसको संक्रमण बढ्दै गइरहेको जानकारी गत हप्ता दिएका थिए।

उनले नयाँ किसिमको कोरोना भाइरसको १ हजारभन्दा बढी केस रिपोर्ट भएको समेत बताएका छन्। उनले यो भाइरस पहिलाभन्दा खतरनाक छ कि छैन भन्नेबारेमा हालसम्म पुष्टि नभएको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *