आज अस्ट्रेलिया जाँदै सन्दीप, बिग ब्यास खेल्ने
व्यवस्थापक रमन शिवाकोटीका अनुसार नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको चर्चित बिग ब्यास लिग क्रिकेट खेल्न मङ्गलबार अस्ट्रेलियाका लागि प्रस्थान गर्दै छन् ।
भोलि एडिलेड पुगेपछि उनी त्यहाँको नियमानुसार १४ दिन क्वारेन्टाइनमा बस्नेछन् र त्यसपछि आफ्नो टोलीमा समावेश हुनेछन् ।
यस संस्करणको बिगब्यासमा सन्दीपलाई होबार्ट हुरिकेन्स टिमले अनुबन्ध गरेको छ । यसअघिका दुई संस्करण उनी मेलबर्न स्टार्समा आबद्ध थिए ।
हुरिकेन्सले आफ्ना दुई खेल खेलिसकेको छ भने डिसेम्बरमा कुल ६ खेल खेल्ने छ । सन्दीप क्वारेन्टाइनमा रहने भएका कारण उनले डिसेम्बरका सम्पूर्ण खेल गुमाउनेछन् ।
सन्दीपले जनवरी २ मा पूर्वटोली स्टार्ससँगको खेल खेल्ने सम्भावना छ ।