सुतेको बाघलाई र कांग्रेसलाई जिस्क्याउने काम नगर : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनु सरह हो भने।
हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “सुतेको बाघलाई जिस्क्याउने काम नगर, त्यसैगरी कांग्रेसलाई पनि नजिस्काउ,” उनले भने, “महामारीका बेला सडकमा आउन हामीलाई पनि चाहना थिएन ।
सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन ।”