सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रै हो : गृहमन्त्री
प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको व्यवस्था र सरकारविरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।
सम्मेलनमा उनले पछिल्लो समय कोभिड– १९ ले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट पारे ।
जनताले उनीहरूको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । नेकपाका सचिवालय सदस्यसमेत रहेका बादलले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताए ।