१७ कम्पनीलाई सम्पत्ति कर बुझाउन काठमाडौं महानगरको उर्दी


काठमाडौं महानगरपालिकाले विभिन्न १७ संस्थाका नाममा सम्पत्ति कर तिर्न निर्देशन दिँदै पत्र पठाएको छ । मंगलबार महानगरपालिकाले नेपाल चेम्बर अफ कमर्स, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय नाचघर, मनमोहन मेडिकल कलेज, रञ्जना ट्रेड सेन्टरलगायत १७ संस्थाका नाममा पत्र लेखेको हो ।महानगरले उक्त संस्थाहरुको नाममा १० दिनभित्र महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर बुझाउन निर्देशन दिईएको छ । यसरी उक्त संस्थाहरुले महानगरपालिकालाई कर नबुझाए सरकारी बाँकी सरह उठाउने समेत महानगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *