सोमालियामा अल-शबाब समूहद्वारा २० जनाको हत्या


सोमालियाको चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् ।

सरकारी सञ्चार माध्यम र स्थानीयबासिन्दाले चरमपन्थी समूह अल–शबाबले शनिबार बिहान हिरेन क्षेत्रमा खाना ओसारपसार गरिरहेका सातवटा गाडीमा आगजनी गर्नुका साथै कम्तीमा २० जनाको हत्या गरेको बताएका छन् । अल–कायदासम्बद्ध समूहविरुद्ध स्थानीय एक भएको प्रतिशोधस्वरूप उक्त आक्रमण भएको स्थानीयवासीले बताएका छन् ।

स्थानीय हसन अब्दुल्लले अमेरिकी समाचार संस्था (एपी)लाई फोनमार्फत दिएको जानकारीमा भनिएको छ, ‘बेलेटवेनबाट माटाबनसम्म खाद्यान्न ढुवानी गर्ने चालक र यात्रुहरू थिए र यात्रुहरूले प्रयोग गर्ने खाद्यान्न र सवारी साधनहरू बोकेका कूल सात वटा ट्रकहरूमा आगजनी गरिएको थियो । सरकारी सेनाले यात्रुलाई लक्षित गर्ने उद्देश्यले बेलेटवेन र माताबन जोड्ने व्यस्त सडकमा अल–शबाबले राखेको बारूदी सुरूङ्ग नष्ट गरेको एक दिनपछि उक्त आक्रमण भएको हो ।’

अल–शबाबले आक्रमणको पुष्टि गर्दै स्थानीय स्तरमा परिचालन गरिएका २० जना लडाकू मारिएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *