‘जनताको साथमा कांग्रेस अभियानका लागि’ ७७ जिल्लामा खटाइए कांग्रेस प्रतिनिधिहरू
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ७७ वटै जिल्लामा कांग्रेस प्रतिनिधि खटाइएको छ। तीन चरणमा सञ्चालन हुने जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत पहिलो चरण भाद्र १० देखि वीपी जन्मजयन्ती भाद्र २४ सम्मको अभियानलाई सफल पार्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको कांग्रेसले जनाएको छ। त्यसैगरी दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कांग्रेसले घरदैलो अभियान गर्ने जनाइएको छ।