नेपाली कला संस्कृति पर्यटनको आधार हो: पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।
नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।विश्व सम्पदा सूचीमा परेका हनुमानढोकास्थित दरबार क्षेत्र र स्वयम्भूसम्मको दूरीलाई पदमार्गस्थलका रुपमा व्यवस्थित गरी सम्पदामार्गदेखि सम्पदामार्गसम्मको कार्यक्रमको प्रक्रियासमेत सुरु गरिएको उनले जानकारी दिए। काठमाडौँ उपत्यकाका विभिन्न सात सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएकामा यी दुवै स्थान पर्ने र करिब तीन किलोसमटरको दूरीमा रहेको उनको भनाइ थियो ।