स्थायी कमिटी बैठक आज,अप्ठ्यारोमा ओली


मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्न लागेको छ ।
पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् अनेक नेताले दुतको काम गर्दा पनि कुनै निकास देखिएको छैन्।
विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

अझै पनि अर्का अध्यक्ष दाहाललाई फकाउने प्रयास जारी राखेका छन् । बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *