रियल मड्रिडको महत्वपूर्ण जीत


गएराति भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले २-० गोलअन्तरले जित निकालेको हो।

रियलले खेलको १५ औं मिनेटमा अग्रता बनाएको थियो। घरेलु टोलीका लागि टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै अग्रता दिलाउँदा पहिलो हाफमा रियल १ गोलले अघि रह्यो।
दोस्रो हाफमा रियलले एउटा आत्मघाती गोल उपहारमा पायो। एट्लेटिकोका जन ओल्बाकले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए।
पराजयका बावजुत अंक अंकतालिकामा भने एट्लेटिको शीर्षस्थानमा छ। त्यस्तै २५ अंक जोडेको रियल सोसिडाड दोस्रो र रियल मड्रिड २३ अंकसहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *