कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक


काठमाडौँ। नेपाली कांग्रेस पार्टिले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक डाकेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान १० बजे डाकिएको भए पनि ११ बजेपछि मात्रै बैठकसुरू हुनेछ।
पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्न बैठक डाकिएको कांग्रेसका सूचना अधिकारी केशब रिजालले जानकारी दिए ।

मस्तिष्कमा रक्तश्राव भई काठमाडौँ मोडेल अस्पतालमा उपचारका क्रममा ८० वर्षको उमेरमा श्रेष्ठको शुक्रबार निधन भएको थियो ।

स्व श्रेष्ठप्रति सम्मान प्रकट गर्दै काँग्रेसले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *