ओली-देउवा भेट, संवैधानिक नियुक्तिबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओेली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको स्रोतले जनाएको हो ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकको तयारीका बारेमा उनीहरुबीच अनौपचारिक छलफल भएको हो ।
संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री ओली र देउवाबीच रिक्त पदमा हुनसक्ने नियुक्तिका विषयमा छलफल भएको हो।
लामो समयदेखि रिक्त संवैधानिक निकायहरूका अध्यक्ष तथा सदस्यको नियुक्तिका सन्दर्भमा छलफल गर्न आइतबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाइएको छ ।