पूर्व कप्तान पारसलाई कोरोना संक्रमण पुष्टि
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारसले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् ।
खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमणको पुस्टी भएको जनाउँदै आफू होम आइसोलेसनमा भएको बताएका छन्।
‘कोरोनाका केही सामान्य लक्ष्यणहरु देखिएपछि मैले दुईदिनयता आफूलाई आइसोलेट गरेको थिएँ। जब हिजो बेलुकीबाट मेरो स्वाद र गन्ध पनि हरायो मैले आज बिहान पीसीआर परीक्षण गराएको थिएँ,’
खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म डाक्टरहरुलाई दिएको मार्गनिर्देशलाई मान्दै अहिले होम आइसोलेसनमा छु।’