नेप्सेमा जीवन विकास लघुवित्तको बोनस शेयर सुचिकृत


नेपाल स्टक एक्सचेन्ज नेप्सेमा जीवन विकास लघुवित्तको बोनस शेयर सुचिकृत भएको छ। आज कम्पनीको ७० प्रतिशतले हुन आउने ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीको साधारणसभाले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

७० प्रतिशत बोनस बितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड पुग्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *