जसपाको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने
सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ। जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको जानकारी दिए। दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ।