एआईजीमा पोखरेललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।
सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना ओएण्डएम स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।
पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।