अफगानिस्तानको गुरूद्वारामा हिंसात्मक हमला


अफगानिस्तानको एक गुरूद्वारामा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् निन्दा गरेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी सो मन्दिरमा हमला गरी निर्दोष नागरिकको हत्या गर्ने काम निन्दनीय रहेको बताइएको छ । सो विज्ञप्तिमा आतंककारी क्रियाकलापको निन्दा गर्दै यसमा संलग्नहरूलाई कडा कारबाही गर्न पनि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *