खगेन्द्रको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक


अभिनेता तथा फिल्म निर्देशक खगेन्द्र लामिछानेले निर्देशन गरेको पहिलो फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक भएको छ। शुक्रबार फिल्मको मोसन पोस्टरलाई फरक र प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको छ।

खगेन्द्रकै लेखन रहेको फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन्। ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससँग सहकार्य गरेको छ।

फिल्ममा खगेन्द्र, अनुप, मेनुका र मलिकाका साथै प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्का लगायतका कलाकारहरूको अभिनय छ। दीपक बज्राचार्यको छायाङ्कन रहेको यो फिल्म साउन १३ गतेदेखि प्रदर्शन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *