फेरि बढ्यो सार्वजनिक सवारीसाधनको भाडा,यात्रुवाहक सवारीसाधनमा २.५ प्रतिशतले वृद्धि


घटेको एक साता पनि नपुग्दै सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। शुक्रवारदेखि लागू हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा २।५ प्रतिशतले बढेको हो।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३।७ प्रतिशत भाडा वृद्धि भएको छ। नेपाल आयल निगमले बिहीवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरको ८ रुपैयाँ र डिजल १२ रुपैयाँ बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।

मूल्य बढेसँगै पेट्रोल १७८ रुपैयाँ लिटर र डिजल १६५ रुपैयाँ प्रतिलिटर पुगेको छ। यसअघि, निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि जेठ २० गतेदेखि यात्रुवाहक सवारीसाधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत भाडा घटाएको थियो।

बढेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *