मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग खनालको आग्रह
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवासँग आग्रह गरे ।
आफ्नो पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरिसकेकाले गठबन्धन सरकारले त्यसलाई तत्काल कार्यान्वयन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।