काठमाडौंको फोहर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ


नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै सांसद थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य रहेको भन्दै प्रधानमन्त्रीलाई पहल गर्न आग्रह गरेका हुन् । थापाले फोहोरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरे।

‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो । स्रोत साधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेछ ।

त्यसका लागि पहलकदमी लिन सभामुख ज्यू मार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छ’ थापाले भने । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानअनुसार स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्नेमा सांसद थापाको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *