स्रोत नखुलेको तीन करोड नगद सहित नागढुङ्गाबाट पाँच जना पक्राउ


स्रोत नखुलेको तीन करोड ८९ लाख १३ हजार नगद सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिक रहेका छन् । प्रहरीका अनुसार मंगलबार राती साढे ९ बजे प्रहरी प्रभाग नागढुङ्गाद्वारा दैनिक चेकिङको क्रममा का.जि.चन्द्रागिरी न.पा.२ स्थित नागढुङ्गास्थित चेकप्वाइन्टमा जिल्ला नुवाकोटबाट काठमाण्डौतर्फ आउँदै गरेको बा बी ५७१० नम्बरको गाडी चेकजाँच गर्ने क्राममा उक्त रकम फेला परेको हो । सो गाडीका नुवाकोट विदुर न.पा. वडा नं. ८ घर भएका बर्ष ४४ को फूल बहादुर गुरुङले चलाएका थिए ।

प्रहरीले चालक सहित  सोही गाडीमा सवार भई आएका ४ जना चाइनिज ब्यक्तिहरुले उक्त गाडीको पछाडिको डिक्कीभित्र दुई ओटा सेतो प्लाष्टिकको बोरामा राखी ल्याएको निम्न परिमाणको श्रोत नखुलेको शंकास्पद रकम फेला परेको हुँदा उक्त रकम र कार समेत बरामद गरी निम्न लिखित ५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरु चाइनिज नागरिक Auang Zaiking , Zhan Too, Meng Yun Shun, Maujian Hua र फूल बहादुर गुरुङ रहेका छन् । ।

घटनाको सम्बन्धमा प्रकरण क) मा पक्राउ परेका निज पाँचैजनालाई प्रकरण ख० मा बरामद नगद रकम र बा बी ५७१० नम्बरको सुभरु कम्पनीको कार सहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको प्रहर।ीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *