बिन्ध्यबासिनी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन


बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज जेठ २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि सर्बसाधारणलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।

जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ। बाँकि रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *