राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार विभिन्न विभाग प्रमुख पदमा मनोनयन गरेका छन्। अध्यक्ष लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई मनोनयन गरेका छन्।
यस्तै उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई प्रशिक्षण विभागमा र महामन्त्री डा। धवल सम्शेर राणालाई पार्टी संगठन विभाग प्रमुखमा मनोनयन गरेका हुन।
यस्तै, महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख र प्रा.डा. रामप्रसाद उप्रेतीलाई स्वास्थ्य विभाग प्रमुखमा मनोनयन गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।