आजदेखि भर्चुअल फिल्म फेस्टिभल ‘किम्फ’ शुरु


काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल यानी किम्फ आज देखि काठमाडौंमा शुरु हुँदैछ ।

कोरोना भाइरसका कारण भर्चुअल फिल्म फेस्टिभलको आयोजना गर्न लागिएको आयोजकले बताएका छन्।आयोजका अनुसार अठारौं संस्करणको किम्फ चार दिनसम्म चल्नेछ । यसवर्ष फेस्टिभलमा प्रदर्शन हुने फिल्म किम्फको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।

यसवर्ष विभिन्न १५ मुलुकका फिल्मकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा चलचित्र प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अन्तर्गत कथानक र वृत्तचित्र गरी १२ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएका छन् ।
भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै महोत्सव उद्घाटन गरिनेछ । यो फिल्म नेपालमा छायांकन गरिएको थियो ।

अघिल्ला वर्षमा झैं यस वर्ष पनि अन्तर्राष्ट्रिय चलचित्रमा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरू प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *