नेपाल इन्स्योरेन्सको साधारणसभा आह्वान


नेपाल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ ३० गते सोमबार पर्यटन बोर्डको हलमा स्वाहा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *