आइतबार पनि आरटीजीएस प्रणाली सुचारु रहने


नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक बिदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जेठ ८ गते आइतबार बिदाको दिन पनि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८७ ‘ख’ को छैठौं किस्ताको अर्धवार्षिक व्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *