तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको अग्रता


तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् ।वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् ।शुक्रवार बिहानसम्मको नतिजा अनुसार जोशीले ३ हजार ५३८ मत पाउँदा न्यौपानेले २ हजार ५९१ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसकी इन्दिरा दरैले ३ हजार २२ मत पाउँदा एमालेकी वसुन्धरा घर्तीले २ हजार ९४० मत पाएकी छन् ।कांग्रेस नेता गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका केही पालिकामा एमाले र गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको थियो ।

वैशाख ३० गते भएको झडपमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते जोशीको काठमाडौंमा उपचार भइरहेको छ । मतगणना चलिरहँदा जोशी अस्पतालमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *