भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल,३ हजार बढी मतले अघि
भरतपुर महानगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार मेयर पदमा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
३९ हजार ९६१ मत गणना गर्दा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले १५ हजार १३१ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गरेका छन्।
मेयर पदमा रेणु र विजयबीच ३ हजार ५७ मतको अन्तर छ। यस्तै, मेयर पदका स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा छन्। उनले ६ हजार २५३ मत प्राप्त गरेका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी १७ हजार ५३५ मत सहित अगाडि छन्। उनलाई एमाले-राप्रपाको गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरुङले ९ हजार ७३२ मतसहित पछ्याइरहेकी छन्।