बुटवल उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार खेलराज पाण्डे धेरै अघि
रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)ले फराकिलो अग्रता लिएको छ। प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेलराज पाण्डे एमालेका बाबुराम भट्टराई भन्दा चार हजार ५५० मतले अगाडि छन्।
कांग्रेसका पाण्डेले १३ हजार ६०३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका भट्टराईले ९ हजार ८० मत पाएका छन्। राप्रपाका मृगेन्द्र शेरचनले दुई हजार २८५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा एमालेका उम्मेदवार सावित्रीदेवी अर्याल एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा दुई हजार ६३५ मतले अगाडि छिन्। अर्यालले ९ हजार ६०६ मत ल्याउँदा उनका प्रतिस्पर्धी गुरुङले छ हजार ९७१ मत पाएका छन्।
अहिलेसम्म बुटवलका १९ वडामध्ये १२ वटा वडाको मत गणना सकिएको छ। जसमध्ये गठबन्धनले ९ वटा वडा जितेको छ। एमालेले २ वटा र स्वतन्त्र उमेदवारले एक वडा जितेका छन्।
बुटवलमा ६२ हजार ९७५ मत खसेको थियो। त्यसमध्ये अहिलेसम्म २७ हजार ५५७ मत मात्र गनेर सकिएको छ।