विराटनगर महानगरपालिकामा प्रमुख पदका प्रत्याशी नागेश कोइरालाको अन्तर बढ्दै
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका प्रमुख पदका प्रत्याशी नागेश कोइरालाले अन्तर बढाउँदै आफ्नो अग्रता स्थिर राखेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइराला आफ्ना प्रतिद्वन्द्वी सागर थापाभन्दा ३ हजार ३ सय ६९ मतले अगाडि छन्।
जसअनुसार कोइरालाले १४ हजार ६१ मत प्राप्त गर्दा थापाले १० हजार ६९२ मत ल्याएका छन्। प्रमुख पदमै स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ५०१ मत हासिल गरेका छन्।
त्यस्तै, उपप्रमुख पदमा एमालेकी शिल्पा निराला कार्कीले आफ्नो अग्रता कायम राखेकी छन्। कार्कीले १२ हजार २३२ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले ७ हजार ४४० मत प्राप्त गरेका छन्।उपप्रमुखमा राप्रपाका विन्दा कुमारी लुइँटेल आचार्य तेस्रो स्थानमा छन्। उनले ३ हजार ४७० मत ल्याएको कार्यालयले जनाएको छ।
विराटनगरमा हालसम्म ७ वटा वडाको मत गनिसकिएको छ।